
इन्डोरफिन – Sneha Pokharel
जसोतसो घिस्रिँदै छ जिन्दगी, चिप्लिदैँ छन् दिनहरू। अनायासै जोसिन्छु कहिलेकाहीँ, खै के को हो उन्माद चढ्छ । घोइरिन्छु कहिलेकाहीँ, टोलाउँछु कहिलेकाहीँ । आलस्यको अजङ्गको भूतले छोप्छ र गुडुल्किन्छु सिरकभित्र घन्टौँ । त्रस्त छु; सताउँछन् विगतका तिता, नमिठा सम्झनाले; ती कहालीलाग्दा, उराठलाग्दा शिशिरका चिसा अनिदा रातले । दर्पणमा आफूलाई निहार्छु; एक क्षण अलौकिक आलोक आफ्नो मुहारबाट छरिइरहेको र आप्सरिक सौन्दर्यमा धपक्क बलेको पाउँछु ।