छोरी सुनाइ रहन्छे उसकी साथीको लुगा
प्यारी सुनाइ रहन्छिन् माइली भाउजूको गहना बारे
बाको दम पनि स्याँँ स्याँ गर्दै मलाई खोजिरहन्छ
आमा घरको छानो बारे गुनगुनाउँदै बस्छिन् ।
म हेर्छु भित्तामा टाँगिएका
मेरा ती र्सिर्टफिकेट
हिजोको रातदिनको मिहिनेत
अनि सुम्सुम्याउँछु रित्ता गोजी ।
मेरो लाचार स्थिति देखेर
जब लाजले पनि लाज मान्यो, जब आत्मग्लानिले मन भरियो
अनि मेरा केही थान रहरलाई जहर दिई
म आज खाडी आएको हुँ ।
आज म तातो बालुवामा पसिनाको खेती गर्दै छु
मेरो निदाएको शरीर हावाको वेग सँगै लड्खडाउँछ
अनिदा आँखा, भोको पेट र हरेक दिन आफ्नै दाजु भाइको निधनले
भर्खरै पलाउँदै गरेको मेरा आफ्नाको सपनामा आगो लगाउँछ ।
एउटा बिन्ती छ सबैलाई
यदि म आफँै घर र्फिर्कन नसकेर बाकसमा र्फिर्कए भने
ती देश लुछिरहेका टाउकेहरुलाई सोधी दिनु,
“कति दाजुभाइको बलिदान पछि हामी आफ्नै देशमा सुख फैलाउँछौँ ?”

About Author
Archana Jha
2019 Batch
Undergraduate
Department Of Biotechnology